धनगढीमा दुइटा मोटरसाइल आपसमा ठोक्किँदा बाजुराको बढीमालिका नगरपालिका ७ बस्ने ३० वर्षीय धर्मराज खत्री हुन्।
उनी त्यही वडाको चुथीस्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षक थिए। स्वास्थ्य समूहको तर्फबाट सरकारी सेवामा खत्री ७ वर्ष अगाडी मात्र प्रवेश गरेका थिए ।
बिहीबार साँझ साढे ६ बजे धनगढी उपमहानगरपालिका ३ को लक्ष्मी नर्सरी नजिकै अतरियाबाट धनगढी आउँदै गरेका दुईवटा मोटरसाइल आपसमा ठोक्किएका थिए।
धनगढी ५ का २५ वर्षीय पुरन शाहले चलाएको सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइलमा खत्री पछाडि सवार थिए। यो मोटरसाइकललाई डोटीको शिखर नगरपालिका ११ बस्ने २५ वर्षीया शर्मिला थापाले चलाएको सुप्रप ०१००७११प नम्बरको मोटरसाइलले पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पुरनको पेट र मुखमा चोट लागेको छ। खत्री भने टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा साँझ ६ बजेर ५५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहराले जानकारी दिए।