काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षाको स्नातकोत्तर तहको निर्वाहभत्ता सम्बन्धी चलेको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् ।

बुधबार एक विज्ञप्ति जारी गदैं डा. केसीले अस्पतालको सेवाको ठूलो हिस्साका लागि त्यस्ता चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेका बताएका हुन् ।

‘हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गरी निर्णय मान्ने कलेजहरुमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु’, डा. केसीले भने ।

डा. केसीले हामीले बारम्बार माग राखे बमोजिम तथा मसँग सम्झौता भए बमोजिम सरकारी कलेज र संस्थाहरुको थप स्थापना साथै सबै सरकारी शिक्षण संस्थाहरूक‍ो स्नातक र स्नातकोत्तर दुवै तहको क्षमता विस्तार गर्न, स्वास्थ्य संस्थाहरुमा दरबन्दी थप गर्न तथा सबै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समय सुहाउँदो तलब सुविधा वृद्धि गर्न पनि सरकारसँग माग गरे ।

यस्तो छ डा. केसीले जारी गरेका प्रेस विज्ञप्ति

हामी लामो समयदेखि स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार तथा न्याय र सुशासनका लागि निरन्तर लडिरहेका छौँ ।

हालै चिकित्सा शिक्षाको स्नातकोत्तर तहको निर्वाहभत्ता सम्बन्धी चलेको विवादप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको श्रम शोषण भइरहेको विषय त हामीले यस अघिदेखि नै बारम्बार उठाउँदै आएका छौँ । पछिल्लो समय भने आवासीय चिकित्सकहरुको श्रम शोषणले सबै सीमा नाघेको छ । अस्पतालको सेवाको ठूलो हिस्साका लागि त्यस्ता चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरुले उनीहरुलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेका छन् ।

त्यसैले हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाहभत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरुमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गरी निर्णय मान्ने कलेजहरुमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरुसँग जोडदार माग गर्दछु । हामीले बारम्बार माग राखे बमोजिम तथा मसँग सम्झौता भए बमोजिम सरकारी कलेज र संस्थाहरुको थप स्थापना साथै सबै सरकारी शिक्षण संस्थाहरूक‍ो स्नातक र स्नातकोत्तर दुवै तहको क्षमता विस्तार गर्न, स्वास्थ्य संस्थाहरुमा दरबन्दी थप गर्न तथा सबै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समय सुहाउँदो तलब सुविधा वृद्धि गर्न पनि सरकारसँग माग गर्दछु ।

 

डा गोविन्द केसी

२०८१ मंसिर १२

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0