गुल्मीको चन्द्रकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको साथमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण समेत गरेको छ । चन्द्रकोट गाउँपालिका(१ दिबु्रङका ज्येष्ठ नागरिकहरूलाई टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै उहाँहरूको स्वास्थ्य परीक्षणसमेत गरिएको वडा अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।
ज्येष्ठ नागरिकहरूलाई बैङ्कमा जान र गएर लाइनमा बसेर सामाजिक सुरक्षा भत्ता लिन समस्या हुने भएकाले उहाँहरूको सहजताका लागि साइन रेसुङ्गा बैङ्कसँगको सहकार्यमा टोल(टोलमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको खरेलले बताउनुभयो । टोलमा आउन नसक्ने अशक्त, वृद्ध, दीर्घरोगीहरुको घरमै पुगेर सामाजिक भत्ता वितरण गरिएको उनले बताए ।
ज्येष्ठ नागरिकको साथमा सधैँ रहन र यस्तै कार्यहरूलाई निरन्तरता दिनका लागि ज्येष्ठ नागरिकहरूले स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । वडा भित्रबाट करिब तीन सय जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएको वडा कार्यालयले जनाएको छ ।