नारायणी अस्पतालका बिग्रिएका औजार तथा उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मतसम्भार गर्ने भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट(मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच यसका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।

“केन्द्रले अस्पतालका भएका उपकरणहरुको आवश्यक अध्ययन गरेर मर्मतसम्भारको कार्य गर्नेछ”, उनले भन्ने । अस्पतालका अनुसार अस्पतालमा डेढसयभन्दा धेरै औजार तथा उपकरण छन् । मेसु दासले तत्कालै मर्मतसम्भार गरेर चल्नसक्ने खालका उपकरण तथा आँौरलाई पहिलो प्रथामिकतामा राखेर मर्मतसम्भार गरिने बताए।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले अस्पताल र केन्द्रबीचको सम्झौताले अस्पतालमा रहेको चिकित्सा उपकरणको समयमै मर्मत सम्भार सुनिश्चित गरी सेवाको गुणस्तरमा सुधार आउने बताए । “केन्द्रले अस्पतालका उपकरणको मर्मत सम्भारमा आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्नेछ”, उनले भन्ने, “यस कदमले नारायणी अस्पतालको स्वास्थ्य उपकरण समयमै सुधार हुने र जनताको सहज पहुँचमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएका छौँ ।”

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0