नेपाली कांग्रेसका स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनीत भएका छन् । केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मनोनित हुनेहरुमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ समेत रहेका अवकाशप्राप्त डा सुशीलनाथ प्याकुरेल (ललितपुर) स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा लक्ष्मीराज पाठक (कैलाली) नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा मुक्तिराम श्रेष्ठ (अर्घाखाँची) रहेका छन् ।

डा.अनिलकुमा झा (सप्तरी) डा.सुमन कर्माचार्य (रामेछाप), श्यामचन्द्र यादव (धनुषा) ईश्वर कार्की (झापा) विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत) रहेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन् ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0