काठमाडौं ।  दश बर्षदेखि सरकारी मेडिकल अफिसरको रुपमा सक्रिय छिन् डा.अमृता श्रेष्ठ । उनी छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् ।
डा.श्रेष्ठ शूक्रराज ट्रपिकल अस्पतालमा कार्यरत छिन् । छाला रोग विशेषज्ञका रुपमा कान्ति बाल अस्पताल, कोशी अस्पताल विराटनगरमा समेत सेवा गरिसकेकी उनीसँग छाला सम्बन्धि समस्या, समाधान साथै जाडो याममा छाला सम्बन्धि समस्यालगायतका विषयमा गरिएको अन्तर्रवार्ता यस्तो छ ।

जाडो महिनामा बढी मात्रामा स्कीन केयर गर्नु किन आवश्यक छ ?
स्कीन केयर दैनिक जीवनमा एकदमै महत्वपूर्ण काम हो । किनभने छाला हाम्रो शरीरको सबैभन्दा ठूलो पाटो हो । हामीभित्र कुनै पनि रोग छ भने त्यसको असर पनि शरीरमा देखिन्छ र छालामा पनि देखिनसक्छ । छालामा देखिने कतिपय कुराहरु भित्र न्यूट्रिस्नल डिफिसेन्सिले पनि गराउँछ । जस्तै आइरनको कमी भएमा कपालहरु झर्ने, ओठको वरीपरि घाउ आउने गर्छ । त्यस्तै धेरै तनाव लिने गरेको छ भने पनि छालामा असर पर्छ । अन्य रोगका कारण पनि छालालाई नै असर गर्छ । दुवी जस्ता समस्याहरु छालामा देखिन्छ त्यही भएर छाला एकदमै महत्वपूर्ण हुन्छ ।

स्कीन केयर भन्ने बित्तिकै सुन्दरता भन्ने बुझ्ने चलन छ । स्कीन केयर के का लागि महत्वपूर्ण छ ?
स्कीन केयरलाई खाली सौन्दर्यसँग जोडेर मात्र हेर्न हुँदैन् । कुनै पनि विधामा राम्रो हुनको लागि पहिला छाला राम्रो देखिनुपर्छ । मान्छेको आत्मविश्वास नै छालाबाट हुन्छ । त्यसले मानिसले स्किीन केयरलाई मात्र डर्माटोलोजी मानिएको छ । तर यसको धेरै प्रकार र पाटोहरु छन् । बच्चाहरुको लागि पनि छुट्टै डर्माटोलोजी भन्ने छ, इन्फेक्सन जस्ता रोगहरुको आफ्नै पाटो छ । यस्तैगरी यौन संचारित रोक(एसटीआई) अर्थात यौनिक रोगहरुको पनि छालामा नै असरहरु देखिन्छ । यि सबै कुराहरुले हेर्दा स्कीन केयर एकदमै महत्वपूर्ण हुन्छ ।
यसमा सबैभन्दा महत्वपूर्ण भनेको मोस्जराइजर, सनस्क्रिन, भिटामिन ‘सी’ सेरम, अन्य सेरमहरु प्रयोग गर्नु राम्रो हुन्छ । त्यसैगरी केमिकल पिलहरु हप्ता वा महिनामा प्रयोग गर्नुभयो भने अझै फाइदा हुन्छ । अनुहारलाई सूर्यको किरणबाट बचाउनुपर्छ । पूरै ज्यानलाई नै भन्न मिल्दँैन्, फेरि भिटामिन ‘डी’को कमी हुनसक्छ । तर अनुहारमा चायापोतो नआओस भन्नको लागि, डन्डिफोरको दागहरु नबसोस भन्नको लागि फेसलाई घामबाट बचाउनु आवश्यक हुन्छ ।

जाडो महिनामा नै धेरै किन स्कीनमा समस्याहरु देखिन्छ ?
जाडोमा चिसो धेरै हुने हुँदा छालामा मोइस्चरको कमी हुन्छ । मोइस्चरको कमी भइरहेको हुन्छ त्यसमा ड्राइ हावाले गर्दा तातो पानीले नुहाउने, हिटरमा बस्ने गर्छौ यसले छालाको लिपिड्सहरु कम गराउँछ । छालालाई सुरक्षित गर्ने तत्वहरुको कमी पनि गराउँछ । त्यसले गर्दा छालाहरु सुख्खा हुने र विभिन्न समस्याहरु निम्ताउँछ । त्यही भएर मोस्जराइजरहरु प्रयोग गरेर छालाको मोइस्चरलाई सन्तुलनमा राख्नु अझै महत्वपूर्ण हुन्छ ।
नुहाउने समयलाई घटाउने, तातो पानीले धेरै समय ननुहाउने, धेरै सुगन्ध भएको साबुन प्रयोग नगर्दा राम्रो हुन्छ । धेरै सुगन्ध भएको साबुनले पनि एलर्जी गराउँछ । साबुन प्रयोग गर्दा पनि ग्लिसिरिन भएको शुद्ध खालको साबुनले छालालाई मोइस्चर गराउन सक्छ । लाइफबोइ साबुन सबैले प्रयोग गर्नुहुन्छ तर त्यसमा मोइस्चरको मात्रा कम हुन्छ ।

जाडोमा कुन उमेर समूहको मानिसको स्कीनमा बढी असर हुन्छ ?
चिसोले बुढाबुढी र युवाहरुलाई बढी असर गर्छ । बच्चाहरुको छाला बन्ने क्रममा नै हुने भएकाले धेरै समस्या नदेखिएला । यस्तै गरेर बुढाबुढीहरुको जति उमेर बढ्दै गयो छाला चिल्लो बनाउने ग्रन्थीहरु कम हुदैँ जान्छ । त्यही भएर जति उमेर भयो त्यती ड्राइनेशहरु बढ्छ । चिसोमा केयर गर्नुपर्ने स्कीन भनेको दुई उमेर समूहको हो ।

पुरुष र महिलाहरुको स्कीनमा देखिने सममस्यामा के फरक हुन्छ ?
प्राय त दुबैमा उस्तै खाले नै समस्या देखिने गर्छ । कतिपय अवस्थामा मोइस्चराइजर कन्टेन्ट दुबैको स्कीनमा कमी हुन्छ । किनभने जाडोमा झन धेरै मात्रामा इन्टरनल हिटरहरुको प्रयोग गछौं । त्यसले गर्दा छाताहरु एकदमै खस्रो हुने हुन्छ । धेरै मात्रामा मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

खानेकुरामा चाहीं कसरी ध्यान दिने ?
जाडो महिनामा पनि पानी बढी मात्रामा पिउनुपर्छ । दिनमा तीनदेखि चार लिटर पानी चाँही पिउनैपर्ने हुन्छ । जाडोमा पिसाब धेरै लाग्छ भनेर मानिसहरु पानी नै कम पिउने गर्नुहुन्छ । त्यसो गर्नु हुँदैन् । ताजा फलफूल र तरकारीहरु पनि बढी खानुपर्छ । तनावचाँही कम लिनुपर्ने हुन्छ । र नियमित रुपमा व्यायम गर्नुपर्छ । स्किन केयर कै लागि पनि यो सबै गर्न आवश्यक छ ।

घरमा बसेर स्कीन केयर कसरी गर्न सकिन्छ ?
घरमै बसेर स्कीन केयर गर्दैगर्दा सबैभन्दा पहिला त राम्रो खालको फेसवास मात्र प्रयोग गर्नुपर्ने हुन्छ । फेसवासपछि अर्को महत्वपूर्ण कुरा भनेको मोइस्चराइजर नै हो । मुख धोएपछि अनुहारमा राम्रोसँग मोस्टाइज गर्नुपर्ने हुन्छ । र अर्को छुटाउन नहुने कुरा भनेको सनस्क्रिन हो । सनस्क्रिन चाँही दिनमा दुई–दुई घण्टाको अन्तरमा अनुहारमा र घाँटीमा लगाउनुपर्छ । बाहिर घाममा निस्कदा मात्र नभएर भित्रै बस्दा पनि आफ्नो स्कीनको अवस्था हेरेर एसपीएफ ३० देखि ५० सम्मको सनस्क्रिन लगाउनुपर्छ । धेरै चाया पोतो आउने स्कीन छ भने ५० एसपीएफको चाहिन्छ । नभए अरु स्कीनमा ३० कोले नै पुग्छ । सबैभन्दा महत्वपूर्ण कुरा पानी धेरै पिउने,जङ्क फुड नखाने र स्वस्थ्य जीवनशैली बिताउनु नै हो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0