नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा फोरम अफ इथिकल रिभ्यू कमिटी इन दी एसिया एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) को २४औं शिखर सम्मेलन सुरु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा सुरु भएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका हुन।सम्मेलन १२ गतेसम्म चल्ने स्वास्थ्य अनुसन्धान परिषद्ले जानकारी दिएको छ । नेपालमा पहिलो पटक यो सम्मेलन आयोजना भएको हो।

उत्तरदायि अनुसन्धान : अधिकतम लाभ’ (म्याक्सिमाइजिङ बेनिफिट थ्रु रेस्पोन्सिवल कन्डक्ट अफ रिसर्च) मुल नारा तय गरिएको यो सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचार संहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरु, नीति निर्माताहरु, प्राज्ञिक सस्थाका प्रतिनिधिहरु तथा विद्यार्थीहरु गरी ६ सय बढीको उपस्थिति रहेको छ ।

परिषदका अनुसार सम्मेलनमा विश्वका विभिन्न २३ देशका विज्ञ तथा प्रतिनिधि सहभागी भएका छन् । अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारत लगायतका सहभागीहरुको प्रत्यक्ष तथा २०० भन्दा बढी भर्जुअल रुपमा सहभागी हुने जानकारी दिइएको छ ।

परिषद्का सदस्यसचिव डा प्रमोद जोशीले यस खालको सम्मेलन नेपालमै पहिलो पटक भएको बताए । उनले सम्मेलनमा विश्वका अमेरिका, जापान, बेलायत, फिलिपिन्स, पोल्याण्ड, मलेसिया, नर्वे, ग्रीस, केन्या, ब्राजिल, भारतलगायत २३ देशका सहभागीहरु प्रत्यक्ष तथा २०० भन्दा बढी सहभागीहरुले भर्चुअल सहभागिता जनाउने बताए ।

उनले कार्यक्रम भरी अनुसन्धान आचारसंहिताका विभिन्न पाटोहरुमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरु बीच गहन छलफल, बहस तथा प्रस्तुतिकरण हुने जानकारी दिए ।
सम्मेलनमा राष्ट्रिय, अन्तराष्ट्रिय विज्ञका मौखिक र पोस्टर प्रस्तुती गरी ९० वटा प्रस्तुती छनोट भएको छ ।सम्मेलनमा स्वास्थ्य अनुसन्धान र स्वाथ्य क्षेत्रमा भएका नयाँ आविष्कार, यसले पारेका साकारात्मक र नकारात्मक प्रभावका विषयमा गहन छलफल हुनेछ ।

सम्मेलनले स्वास्थ्य अनुसन्धानको नियमन गर्न, असल आचारसंहिता र संस्कारको विकास गर्न, गुणस्तरी तथ्याङ्क संकलन र संप्रेषण गर्न, नीति तथा योजना कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास परिषद्को छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0