पश्चिम सुर्खेतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अन्योलमा परेको छ । प्रदेश सरकारले पञ्चपुरी नगरपालिका–२ मा रहेको स्वास्थ्य केन्द्रलाई शय्या थपेर सेवा विस्तार गर्ने योजना अघि सारेको थियो तर बजेट विनियोजन नगर्दा अस्पताल स्तरोन्नति योजना अलपत्र परेको छ ।

त्यहाँ सङ्घीय सरकारको लगानीमा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । त्यसैलाई प्रदेश सरकारको लगानीमा ५० शय्याको अस्पताल निर्माण गर्ने भनिएको थियो । १५ शय्या हुँदै ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारको योजना अलपत्र परेको हो । चालु आर्थिक वर्ष २०८१र८२ मा बजेट काटिएपछि अस्पताल स्तरोन्नतिको काम अन्योलमा परेको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले निर्माण गरेको डिपिआर अनुसार ५४ करोडको लागत अनुमान रहेको छ । प्रदेश सरकारले न्यून बजेट विनियोजन गर्ने र बजेट नै कटौती गरेसँगै अस्पताल स्तरोन्नतिको योजना असफल बनेको हो । अस्पताल निर्माणको करिब ९० प्रतिशत काम सकिएको छ । अब फिनिसिङको काम बाँकी छ । अझै तीन करोड बजेट लाग्ने पालिकाले जनाएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0