काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले औषधि मूल्य समायोजन गर्ने र स्वास्थ्य बीमाको सीमा पाँच लाख रुपैयाँ पुर्याउने दुई विषयलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखेको दाबी गरेका छन् ।
बिहीबार आफ्नो १०० दिने कार्ययोजनाको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा १६ शीर्षकमा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा र औषधिको मूल्य समायोजनको विषय मेरो मुख्य प्राथमिकताका विषय रहेको बताए ।
एक लाख रुपैयाँको हालको कार्यक्रम नै प्रभावकारी रूपमा सञ्चालन हुन नसकिरहेको अवस्थामा पाँच लाख रुपैयाँको घोषणा पत्यारलाग्दो नभएको भन्दै केहीले आलोचना गरेका थिए । यद्यपि मन्त्री पौडेलले यो घोषणा आफ्नै कार्यकालमा कार्यान्वयन गराएर छाड्ने दृढता व्यक्त गरेका हुन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1