चिकित्सा क्याम्पस डिन कार्यालय महाराजगञ्जमा स्वतन्त्र विद्यार्थी युनियनले १७ बुँदे माग राख्दै तालाबन्दी गरेको छ। विद्यार्थी युनियनले एक विज्ञप्ति जारी गदै आफ्ना मागहरुका विषयमा पटकपटक डिन कार्यालयलाई जानकारी गराउँदा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने संस्थाले समय अभाव भएको बहाना गर्दै सामान्य छलफल समेत नगरेको भन्दै तालाबन्दी गरिएको जनाएका छ ।
उनीहरुले क्याम्पसमा यूजी तथा पीजीका विद्यार्थीहरुका लागि उचित अनुपातका आधारमा ३०० बेड सहितको उचित होस्टेलको व्यवस्था हुनुपर्ने, इन्टर्नसिप चिकित्सकको तलब समयअनुसार बढ्नुपर्ने, पुस्तकालय २४सै घन्टा खुला हुनुपर्ने, फिल्ड भिजिटका क्रममा दैनिक भत्ता पाउनुपर्ने, पब्लिक हेल्थका विद्यार्थीहरुलाई छात्राबसको व्यवस्था हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको ऐन अनुसार विद्यार्थी कल्याण समिति निर्माणका लागि निर्देशन हुनुपर्ने लगायतका माग विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ती