बाँकेको कोहलपुर नगर अस्पतालले केही महिना ढिला गरेरै भए पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।गत भदौ १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत साउन २५ गते कोहलपुर नगर अस्पतालमा बिमा कार्यक्रम उद्घाटन गरेका थिए ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले गत भदौ १ गतेबाट सेवा दिने तयारी गरिए पनि प्राविधिक कठिनाइका कारण ढिलो गरी सेवा सुरु भएको जानकारी दिँदै अब सेवा निरन्तर जारी रहने बताए ।

स्वास्थ्य बिमा सुरु गरिएपछि कोहलपुर नगरपालिकाका बिमितहरुको गुनासोलाई ध्यानमा राख्दै, बनकटवालगायत अन्य अस्पतालमा रेफरलका लागि जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।सेवा सुरु भएबाटै सेवा लिनेहरू पनि बढ्दै गएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठकुरीले बताए ।

स्वास्थ्य बिमा बोर्डको नमुना स्थानीय तह घोषणा कार्यविधि–२०७८ ले निर्देशित गरेका सम्पूर्ण मापदण्ड पूरा गर्दै कोहलपुर नगरपालिकाले नगर अस्पतालबाट बिमा कार्यक्रम सुरु गरेको जनाएको छ ।

यसअघि स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध नगरभित्रका नागरिकलाई बैजनाथ गाउँपालिका पुग्नुपर्ने बाध्यता रहेको थियो । बिमा कार्यक्रम सुरु भएपछि अब कोहलपुरसँगै पायक पर्ने अन्य पालिकाका नागरिकलाई समेत सहज हुने भएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0