सर्लाहीको सिसौटियामा करेन्ट लागेर दुई वर्षका बालकको मृत्यु भएको छ ।गोडैता नगरपालिका–१०, सिसौटिया निवासी सुदिश चौधरीका छोरा दुई वर्षीय आयुष कुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
ओच्छ्यानमा बसेर खेलिरहेका बालकले बिजुलीको प्लकमा औँला हाल्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् ।
शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1