प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेका पिता मोहनप्रसादको अवस्थाबारे प्रधानमन्त्री ओलीले जानकारी लिएका छन।पिताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन।

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन, “बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ।”

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0