काठमाडौँ । अम्बा आफैमा एक गुणकारी फल रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । तर हामीहरु धेरैलाई यसको बारेमा थाहा नभएको देखिन्छ ।

अम्बाको सेवनले रुघाखोकीदेखि मुटु रोगसम्म जोगाउँने अध्ययनहरुले देखाएका छन् ।

लागौं गुणकारी अम्बाको फाइदा तर्फ

रुघा–खोकी हुनबाट जोगाउँने
अम्बा भरपूर मात्रामा भिटामिन सी र आइरन हुने हुँँदा चिसोको मौसममा रुघा–खोकीको समस्याबाट जोगाउँछ । अम्बाले प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ । खोकी लाग्दा पाकेको अम्बा खानुपर्छ । त्यसैले चिसो मौसममा अम्बा खानुपर्छ । अम्बामा पाइने भिटामिन सीले आँखाको ज्योति बढाउने काम पनि गर्छ ।

क्यान्सर जोखिम कम
अम्बामा पाइने शक्तिशाली एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट जोगाउँछ । यसमा पाइने लाइकोपिन, क्वेरसेटिन र पोलिफिनोल्स पनि क्यान्सर कोसिकालाई बढ्नबाट रोक्न फाइदाजनक छ । विभिन्न रिर्पोटहरुका अनुसार अम्बाको पातको तेलमा एन्टी प्रोलिफेरेटिव पदार्थ हुन्छ जसले क्यान्सरको फैलावट रोक्न प्रभावकारी भूमिका निभाउने गर्छ ।

मधुमेहबाट जोगाउँछ
एक अध्ययनले अम्बाको सेवनले ब्लड सुगर नियन्त्रण गर्ने जनाएको छ । अम्बाको पातबाट बनेको चिया पिउँदा ब्लड सुगर कम हुन्छ । जसले अम्बाको सेवन सुगरका विरामीका लागि निकै फाइदाजनक मानिन्छ ।

मुटुरोगबाट जोगाउँछ
अम्बामा पाइने एन्टीअक्सिडेन्ट र भिटामिनले मुटुलाई फ्रि रेडिकल्सबाट खराब हुनबाट जोगाउँछ । अम्बाले मुटुको स्वास्थ्यलाई दुरुस्त राख्छ । अम्बाको पातले रक्तचापलाई कम गर्छ र खराब कोलेस्ट्रोललाई घटाएर गुड कोलेस्ट्रोल बढाउँछ । त्यस कराण अम्बाले मुटुलाई पनि निकै फाइदा पुर्याउँछ ।

तौल कम गर्न प्रभावकारी भुमिका
यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने अम्बाभन्दा राम्रो फल कुनै हुनै सक्दैन । यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ र यो खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । भिटामिन र मिनरल्सले भरपुर भएका कारण तपाईंको शरीरमा कुनै प्रकारको पोषक तत्वको कमी हुनबाट पनि जोगाउँछ । यसमा सुगरको मात्रा निकै कम हुन्छ जसका कारण मोटोपन बढ्दैन ।एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0