काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरु फेरिएका छन्।  स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
मन्त्रालयका एक कर्मचारीका अनुसार  स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटालाई जिम्मेवारी दिइएको छ । यसअघि महानिर्देशक रहेकी डा संगीता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याइएको छ।

स्वास्थ्य समन्वय महाशाखामा प्रमुख डा चुमनलाल दासलाई सरुवा गर्दै डा भीमप्रसाद सापकोटाले जिम्मेवारी दिइएको छ। डा दासलाई नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।

सार्क टिबी सेन्टरमा रहेकी डा मनिषा रावललाई केन्द्रिय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ। त्यहाँ निर्देशक रहेका डा प्रकाश बुढाथोकीलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ ।

यस्तै, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा डा सरोज शर्मालाई ल्याइएको छ । उनी वीर अस्पतालमा थिए । यसअघि सो महाशाखाको प्रमुख रहेका डा मदन उपाध्यायलाई वीर अस्पताल पठाइएको छ।

विभागमा व्यवस्थापन महाशाखा प्रमुखमा रहेका डा श्रवण थापालाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ। भने महाशाखा प्रमुखमाडा पवनजंग रायमाझीलाई ल्याइएको छ ।

टेकुस्थित स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा.अनुज भट्टचनको सार्क टिबी सेन्टरमा निर्देशकको रुपमा सरुवा भएको छ। भने केन्द्रको निर्देशकको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन्। डडेल्धुरा अस्पतालको निमित्त मेसुमा डा नरेन्द्र खनालले जिम्मेवारी पाएका छन्।

विभागको उपचारात्मक महाशाखामा प्रमुख डा अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरूवा गरिएको छ। भने मन्त्रमलयमा फाजिलमा रहेकी डा सुधा देवकोटाले जिम्मेवारी पाएकी छिन् । भने भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा निराजन सुवेदीलाई जिम्मेवारी दिइएको छ।
कोशी अस्पतालको प्रमुख मेसुमा डा रूना झा पाएकी छिन् भने गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0