अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेर हिराशतमा रहेका श्रीमान् नरेश भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । भट्टलाई धरौटीमा रिहा गर्न नहुने तर्क गर्दै अभियोजकहरूले विभिन्न प्रमाणहरू पेश गरेका थिए । भट्टले भर्जिनियाको वरपरका विभिन्न स्थानमा फोहोरका कन्टेनरमा फोहोरका झोलाहरू डिस्पोज गरेको भिडियो रहेको अभियोजकहरुको दावी रहेको छ ।
भट्टले भर्जिनियाको वरपरका विभिन्न स्थानमा ममताको शव फोहोरका कन्टेनरमा फोहोरका झोलाहरू डिस्पोज गरेको भिडियो रहेको अभियोजकहरुको दावी रहेको छ । सोही कारण शुक्रबार भएको सुनुवाईमा भट्टलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको हो ।
भट्टको मास्टर बेडरूम र मास्टर बाथरुममा शव सुघ्ने कुकुरहरू पुगेको र त्यसले घरमा शव रहेको संकेत गरेको अभियोजकहरूले बताएका छन् । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ
भट्टले जुलाई ३० मा तीनवटा चक्कु र जुलाई ३१ मा सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् ।