काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने प्रविधिबाट खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अस्पतालले नेपालमा पहिलो पटक उक्त प्रविधिबाट तीन जना बिरामीको घाउ नबनाइन खानाको नलीमा हुने रोगको सफलतापूर्वक शल्यक्रिया गरेको जनाएको हो ।
विश्वभरीमा करिव १ लाख मध्ये १ जनालाई ठोस तथा तरल पदार्थ निल्नै गाह्रो हुने समस्या देखिने गरेको अस्पतालले जनाएको छ ।
डा पुर्वेले टिममा ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा नन्दु पौडेल सिलवाल, डा अजित खनाल, एन्स्थेसियामा डा मुरारीराज उप्रेती र डा सुरज लामिछाने तथा नर्सिङ सहितको टिम संलग्नता रहेको बताए।
अस्पतालका मेडिकल डाइरेक्टर डा सविन कोइरालाले हाल बिरामीको अवस्था सामान्य भएर डिस्चार्ज गरिसकिएको बताए। यस अघी यस्तो अन्न नलीमा समस्या भएका बिरामीलाई अन्ननलीको तल्लोभागलाई वेलुन फुलाएर गरिने नन् इन्भासिभ सर्जरी हुने गरेको तर पीओईएम बिधीको प्रयोग भने ह्याम्समा शुरु गरिएको जानकारी दिए।
विश्वभरमा करिब १ लाखमध्ये एक जनालाई ‘अचलसिया कार्डिया’ ठोस तथा तरल पदार्थ निल्नै कठिन हुने समस्या हुन्छ। यस्तो समस्यामा खानामा निल्न गाह्रो हुनुका साथै तौल घट्ने, खोकी लागिरहने जस्ता समस्या हुने गर्छ।
ह्याम्स अस्पतालले पहिलो तीन बिरामीको औषधीको मात्र शुल्क लिएर सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको र अवका दिनमा पनि सहुलित खर्चमानै उपचार सेवा दिने योजना रहेको अध्यक्ष भण्डारीले बताए।