काठमाडौं । जुम्लाको कालीकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ । दैलेखको आठबिस नगरपालिका–३ दुइसिस्ने भन्ने ठाउँमा ना ४ ख ६०५६ नम्बरको बस बस भित्तामा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर घाइते भएकामध्ये ८ जनाको उद्धार गरेर स्थानीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरीको टोली पुगेर उद्धारको कार्य जारी राखेको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको र विवरण संकलनको कार्य भइरहेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1