काठमाडौं । नेपाल फार्मेसी परिषदले लिने नाम दर्ता (लाइसेन्स) परीक्षामा पासको ग्यारेन्टी चाहनेले मैले चलाएको अनलाइन कक्षामा भर्ना हुनु भन्दै भ्रम छर्दै हिँडेको तथ्य परिषदले फेला पारेको छ।
परिषदले एडुमार्क नामक म्यासेन्जर ग्रुप र सोका सञ्चालक डब्बल बहादुर बोहराले आफूले चलाएको अनलाइन कक्षामा पढे शतप्रतिशत पास हुने नभए पैसा फिर्ता हुने भनेर भ्रम छरिरहेको तथ्य फेला पारेपछि परिषदले सार्वजनिक सूचना नै जारी गरेको छ।
साथै परिषदले यस्ता प्रलोभन दिनेमाथि तत्कालै प्रहरीको खबर गर्न पनि अनुरोध गरेको छ। परिषद्को २६ औँ नामदर्ता (लाइसेन्स) १५ र २२ मंसिरका दिन तोकेको छ ।
परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले व्याचलर इन फार्मेसीको आगामी १५ मंसिर र डिप्लोमा इन फार्मेसीको २२ मंसिरमा लिदै छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1