सर्लाहीको ईश्वरपुर नगरपालिकामा खुलेको आँखा अस्पतालको उदघाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले गर्ने भएका छन । ईश्वरपुर नगरपालिका वडा नं ९ गैचरणमा रहेको आँखा उपचार केन्द्रको उदघाटन मंसिर ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गर्ने ईश्वरपुर नगरपालिकाले जनाएको छ ।
उदघाटन पश्चात मन्त्री पौडेल, ईश्वपुर नगर प्रमुख मनोजकुमार आचार्यले करिब १ हजार आँखाको रोगीसँग अन्तक्रिया कार्यक्रम समेत गर्ने नगरपालिकाले जनाएको छ । यसैगरी सोही दिन नगर अस्पतालमा किडनीको समस्या भएको बिरामीको डाइलेसिस सेवा र पाठेघरको अपरेशनको समेत निःशुल्क व्यवस्थापन गरिने नगर प्रमुख आचार्यले जानकारी दिए ।
नगर प्रमुख आचार्यको छ महिनाको अथक प्रयास पछि ईश्वरपुरमा आँखा अस्पताल खुलेको छ । अस्पताल संचालन भए लगत्तै करिव १ हजार ३ सय ४४ जना स्थानीयले आँखाको उपचार गराएका छन भने दुई सय भन्दा बढीले मोतीयाबिन्दुको अपरेशन गराइसकेका छन। आँखा अस्पताल करिब एक हप्ता अघि खुलेको थियो ।