कर्णाली प्रदेश राजधानी सुर्खेतको विरेन्द्रनगर-६ स्थित  बुलबुलेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि प्रयोगशालाको सहयोगमा स्थापित प्रयोगशालाको आज प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरे ।
त्यसअवसरमा उनले अग्र्यानिक प्रदेश बनाउने लक्ष्यलाई प्रयोगशालाले सहयोग पुग्नुका साथै यसले नागरिकको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्रबहादुर रोकायले चालु आर्थिक वर्षमा योसहित पाँच वटा प्रयोगशाला स्थापना भएको र अन्य प्रयोगशाला पनि सञ्चानको प्रक्रियामै रहेको जानकारी दिए । देशभर विषादी प्रयोगशालाको सङ्ख्या १२ पुगेको छ । यो प्रयोगशाला स्थापनासँगै कर्णालीका जनताले स्वास्थ्यमा असर पर्न सक्नेगरी विषादीयुक्त तरकारी फलफूल खानबाट जोगिन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
वीरेन्द्रनगरको बुलबुले हाटबजारमा स्थापित प्रयोगशालाबाट गत साउनदेखि नै परीक्षण सुरु गरिए पनि औपचारिक उद्घाटन भने आज गरिएको हो । प्रयोगशालामा हालसम्म विभिन्न फलफूल र तरकारीका ४९ वटा नमूनामा विषादीको मात्राको अवस्था परीक्षण गरिएको थियो । जसमा भारतबाट आएका फलफूल र तरकारीमध्ये पाँच र चीनबाट आएका वस्तुको एउटा नमूना परीक्षण गरिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख रोकायले जानकारी दिए ।
यस्तै, सल्यान र सुर्खेतबाट आएका पाँच÷पाँच, दैलेखका २०, जुम्लाका पाँच, दाङका ६ र कैलालीबाट आएको एउटा तरकारी र फलफूलजन्य वस्तुको परीक्षण गरिएको त्यसअवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0