काठमाडौं । नेपालमा थप एक पुरुषमा मंकिपक्स पुष्टि भएको छ। साउदी अरर्वबाट नेपाल हालै फर्किएका ३ट वर्षीय युवामा उक्त संक्रमण पुष्टि स्वास्थ्य सेवा विभाग स्रोतले बतायो । स्रोतका अनुसार ती पुरुषमा आज मंकिपक्स पुष्टि भएको छ ।
स्रोतले भन्यो,’मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। जसमा मंकिपक्स पोजेटिभ देखिएको छ ।’
ती पुरुषको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । यसअघि, नेपाल घुम्न आएकी ६० वर्षीया विदेशी महिला देखिएको थियो । उनलाई नेपालमा पहिलो पटक २०८० असारमा पुष्टि भएको थियो ।
सन १९५८ मा बाँदरमा फेला परेको थियो भने मानिसमा पहिलोपटक १९७० मा संक्रमण भेटिएको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1