काठमाडौं । नेपाल फार्मेसी परिषद्ले औषधि पसलमा बस्ने फर्मासिस्ट र फार्मेसी सहायकका लागि ड्रेसकोड अनिवार्य गर्ने निर्णय गरेको छ । परिषद्ले एक सूचना जारी गदै फर्मासिस्ट र फार्मेसी सहाकयलाई पुष ४ देखि नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो ।
‘फार्मेसी वा अस्पताल फार्मेसीमा औषधि डिस्पेन्सिङमा कार्यरत रहेका फर्मासिष्ट र फार्मेसी सहायकले आगामी पुष ४ देखि औषधि डिस्पेन्सिङ गर्दा देहायको नामट्याथ सहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । फर्मासिष्ट र फार्मेसी सहायकले यसको उल्लङ्घन गरेमा परिषद्को कोड अफ कन्डक्ट पालना नगरेको मानिने छ’ परिषदले जारी गरेको सूचनामा भनिएको छ।

फार्मेसीको औषधि डिस्पेन्सिङमा बस्ने फर्मासिस्टले सेतो एप्रोनको बायाँ तर्फ माथिल्लो खल्ती माथि हरियो पृष्ठभूमिमा सेतो रंङको अक्षरमा नाम पद र परिषद् दर्ता नम्बर उल्लेख भएको नेम ट्याग राख्नु पर्ने परिषदले जनाएको छ ।

परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३।२ बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाउनेछ । व्याचलर इन फार्मेसीको मिति २०८१ मंसिर १५ र डिप्लोमा इन फार्मेसीको मिति २०८१ मंसिर २२ गते हुने बताइएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0