नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं नेपालकै सबैभन्दा बढी पटक रक्तदान गरी रेकर्ड राख्दै आएका प्रेमसागर कर्माचार्यले १८० औं पटक रक्तदान गरेका छन् ।
शुक्रबार कर्मचार्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १८०औं पटकको रक्तदान गरेका हुन् । कर्मचार्यले यसपटक आफुले कर्णालीको जुम्ला जिल्ला १८०औं पटकको रक्तदान गर्ने मौका प्राप्त गरेको बताए ।
रक्तदान पश्चात कर्माचार्यले रक्तदाताले दानमा दिएको रगत बिरामीलाई सरकारले निशुल्क उपलब्ध गराउनु पर्ने बताउँछन् ।
‘हामी रगतको अभावमा कसैले ज्यान गुमाउँन नपरोस् भन्दै संस्थागतरुपमा नेपाल स्वयंसेवी रक्तदाता समाजबाट विभिन्न जिल्लामा संगठित भइ रक्तदान गर्न उत्प्रेरित गर्दै आइरहेका छौँ’, उनले भने ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1