काठमाडौं । पहिलो विश्व ध्यान दिवस मनाउँने भएको छ । संयुक्त राष्ट्र संघले यसै वर्ष देखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको थियो ।

सोही सन्दर्भमा आध्यामिक गुरु श्री श्री रवि शंकरले ध्यान र अध्यात्मबार विश्वव्यापी प्रवचन दिने छन्। उनको प्रवचन ‘द आर्ट अफ लिभिङ फाउण्डेशन’ले विश्वव्यापी रुपमा यूट्यूव लगायताका सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने छ।

द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहले दिवसका अवसरमा नेपालसहित विश्वभरका १८४ देशमा यसको प्रत्यक्ष प्रशारण हेर्न सकिने जानकारी दिए ।

आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले विश्व ध्यान दिवसको घोषणा हुनु र श्री श्री रविशंकरले विश्वव्यापी रुपमा प्रवचन सुन्न पाउनु महत्वपूर्ण अवसर भन्दै हरेक नेपालीहरुले अनलाइनबाट सो अवसर लिन आगह्र गरे ।

उनका अनुसार नेपालमा पुस ६ गते शनिबार राती ८. १५ बजे प्रत्यक्ष प्रशारण आउने छ। सदस्य रितिका लोहियाले ध्यानले जीवनमा खुशी, आनन्द संगै काममा स्फुर्ति र सजग बनाउने भन्दै यसले मानिसको जीवनमा थप उर्जा भर्ने जानकारी दिइन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0