पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनी घाट रोराङ गाउँपालिका १० खयर घारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटना स्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी गराएको छ ।
नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटना स्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए । सिलवालका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1