एमपक्स क्लेड १ स्ट्रेनको पहिलो केस अमेरिकाको क्यालिफोर्निया राज्यमा भेटिएको छ। अमेरिकी स्वास्थ्य विभाग (सीडीसी) ले एक सुचना जारी गदैं आम मानिसले धेरै डराउनुपर्ने आवश्यकता नरहेको जनाएको छ ।
यता, सीडीसीका अनुसार सङ्क्रमित व्यक्ति अहिले निको भई घरमा आइसोलेसनमा बसिरहेका छन्। विभागले अब सङ्क्रमणको थप फैलावटलाई रोक्न राज्य र स्थानीय स्वास्थ्य विभागहरूसँग सम्भावित सम्पर्कहरू ट्रेस गर्न काम गरिरहेको जनाएको छ ।
एमपक्स भाइरसका धेरै भिन्न प्रकारहरू छन्। क्लेड १ स्ट्रेन पनि यी मध्ये एक हो। यो स्ट्रेन अन्य स्ट्रेनको तुलनामा धेरै सङ्क्रामक हुने र यसबाट हुने रोग बढी गम्भीर हुनसक्ने वैज्ञानिकहरूको विश्वास छ ।

एमपक्स भाइरस नजिकको सम्पर्क जस्तै स्पर्श, चुम्बन वा यौन गतिविधि, साथै दूषित वस्तुहरू जस्तै कपडा र सुई मार्फत फैलिन सक्छ। प्रारम्भिक लक्षणहरूमा सामान्यतया ज्वरो, रुघा लाग्ने, टाउको दुख्ने, मांसपेशी कमजोरी र थकान समावेश छ । त्यसपछि पीडादायी वा चिलाउने दाग र घाउमा परिणत हुन्छ । यो केही हप्तामा निको हुन्छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0