नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा साविहा यासमिन नियुक्त भएकी छिन्। कलेज सञ्चालक समितिको बैठकले यसअघि डाइरेक्टर रहेकी उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
बुधबार एक कार्यक्रमका बिच कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक डा यासमिनलाई पदभार ग्रहण गराए।

सो क्रममा बोल्दै अध्यक्ष प्रा डा अन्सारीले नेपाल मेडिकल कलेजको गरिमालाई उँचो बढाउने गरी काम गर्न प्रबन्ध निर्देशकलाई शुभकामना दिए । कलेजको शैक्षिक, स्वास्थ्य र प्रशासनिक विकास र स्तरोन्नतीमा प्रबन्ध निर्देशकको भूमिका महत्वपूर्ण भएको भन्दै नवनियुक्त प्रबन्ध निर्देशक डा साविहा यासमिनले डाइरेक्टरको पदमा रहेर कलेजलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको देखेर नै सञ्चालक समितिले प्रबन्ध निर्देशकमा चयन गरेको बताइन । साथै, उनले कलेजमा शिक्षक, चिकित्सक, कर्मचारी सबैले एकबद्ध भएर आआफ्नो जिम्मेवारी पुरा गरे कलेजको विकास गर्न कुनै समय नलाग्ने पनि जिकीर गरिन ।
पदभारपछि बोल्दै उनले आफुलाई सफल बनाउन सबैको साथ सहयोग चाहिएको भन्दै विगतमा कलेज प्रशासन, चिकित्सक, कर्मचारीले राम्रो साथ दिएको र अब पनि सोही साथ सहयोग पाउने अपेक्षा गरेको बताइन । ‘हामी सबै एक हौं, म युवा भएपनि विगत ३ वर्षदेखि यहाँहरुले विस्वास गर्नु भएको छ । अब पनि साथ र सहयोग गर्नुहुनेछ भन्ने विस्वास छ ।’


कार्यक्रममा कलेजका डाइरेक्टर प्रा डा मोदनाथ मरहठ्ठा, डा राजेश किशोर श्रेष्ठ लगायत फ्याकल्टी प्रमुखहरुले नवनियुक्त प्रबन्ध निर्देशकलाई शुभकामना दिँदै कलेजको सर्वोत्तम हितमा एकबद्ध भएर अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0