मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचारका लागि जाने बिरामीले अनलाइन टिकट लिन सक्ने भएका छन्। अस्पतालमा आज बिहीबारदेखि अनलाइन टिकट सुरु भएको हो।

प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले स्वास्थ्य जाँच तथा उपचारका लागि आउने बिरामीलाई लामो समय लाइनमा बस्नु पर्ने झण्झटबाट छुटकारा दिनका लागि अनलाइन टिकटिङ सेवा सुरु गरिएको बताए ।

उनका अनुसार बिरामीले ओपिडी जाँचका लागि अघिल्लो दिन राती १२ बजेभित्र नै टिकट लिई सक्नु पर्ने  तथा उपचारका लागि आउँदा बिना टोकन काउन्टरबाट कार्ड लिन सक्ने सुविधा रहेको छ।

अस्पतालले यसअघि १६ भदौ देखि विस्तारित स्वास्थ्य सेवा (ईएचएस) लागू गरेको छ । सो सेवामा भने स्वास्थ्य बीमा लागू नहुने बताएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0