कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल (केडीसी) १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००७ देखि सञ्चालनमा रहेको संस्थाले दन्त चिकित्सा सेवा तथा शिक्षा प्रदान गर्दै आएको छ।
स्थापनाकालदेखि हालसम्म यस शिक्षण अस्पतालले एक लाख पचास हजार भन्दा बढी दन्त स्वास्थ्यका बिरामीहरुलाई सेवा दिएको केडीसीले जनाएको छ ।
ब्याचलर ईन डेन्टल सर्जरी बीडीएस तर्पm ४०० जना र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ ४४ जना विशेषज्ञहरु उत्पादन गरेको छ ।
उता प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा सन् २०१२ देखि संचालित डिप्लोमा ईन फार्मेसी तर्फ ३७४ जना तथा सन् २०१३ देखि संचालि सर्टिफिकेट इन डेन्टल साइन्स तर्फ ३०१ जना प्रबिधिकहरु उत्पादन भईसकेका छन् ।

केेडीसीका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनको लागि आफूहरुले देशका ६७ जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना तथा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयं सेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0