भारतको उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ।शुक्रबार राति झाँसीको लक्ष्मीबाइ मेडिकल कलेजको नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआइसियु) मा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको हो।
केहीको जलेर र केहीको निसास्सिएर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। घटनामा ३७ जना नवजात शिशु घाइते भएका र उनीहरूको उपचार भइरहेको युपीका उपमुख्यमन्त्री ब्रजेश पाठकले जानकारी दिएको मिडियाहरुमा उल्लेख छ। उनले १८ शय्या रहेको एनआइसियुमा ४९ जना नवजात शिशुलाई राखिएको पाइएको पनि बताएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1