काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् ।शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई डीन नियुक्त गर्ने निर्णय गरेको छ । ड. शर्माको कार्यकाल चार वर्षका लागि हुने छ । गत १४ असोजमा कार्यकारी समक्ष सिफारिस गर्न गठित समितिले प्राडा शर्मा सहित प्राडा दिब्यासिंह शाह र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको थियो ।

यता, दिव्यासिंह शाहको ४ वर्षे कार्यकाल ३ असारमा सकिएको थियो । तर, उनलाई अर्को डीन नियुक्ती नहुँदासम्म जिम्मेवारीमा दिइएको थियो ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0