तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ न.पा–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आज उद्घाटन गरि सेवा सुचारु गरिएको छ । मधेश प्रदेशका माननिय मुख्यमन्त्री श्री सतिश कुमार सिंहद्धारा समुद्घाटित् यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो ।
करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ जसले स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउनेछ ।
उद्घाटन पश्चात मुख्यमन्त्री श्री सतिश कुमार सिंहले भन्ने , “ यस आँखा अस्पतालले आँखा उपचारको लागि मात्र नभएर मेडिकल टुरिजमको लागि पनि योगदान दिनेछ । भारतका ठूला शहरहरुमा जाँदा नेपालको आँखा अस्पताल र उपचार सम्बन्धि बोर्डहरु देख्दा सुन्दा एकदमै गर्व महसुस हुन्छ । भवन ठूलो कुरा होइन भवनभित्र पाउने विश्वस्तरको गुणस्तरीय सेवा र उपचार पाउनु ठूलो कुरा हो । जुन तिलगंगा आँखा अस्पतालले सधै प्रदान गरिरहेको छ अब त्यहि स्तरको सेवा निजगढमा पनि उपलब्ध हुनेछ । अस्पतालको लागि मधेश प्रदेशको सधै साथ र सहयोग रहिरहनेछ ।”
निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले भन्ने “ राम्रो आँखा उपचार भन्नासाथ तिलगंगा भनेर सम्झिथ्यौ जसको लागि काठमाडौं कि हेटौडा जानुपथ्र्यो तर अहिले तिलगंगा हाम्रै आगँनमा आएको छ । हामी निजगढवासी र वरिपरिका क्षेत्रका लागि यो एकदमै खुशीको क्षण र ठूलो उपलब्धी हो । यसको लागि हामी सम्पूर्णको तर्फबाट ह्रदयदेखि नै हार्दिक धन्यवाद दिन चाहन्छु ।”
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइटले भन्ने यो भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँच योग्य अस्पताल ल्याउने हाम्रो सपना आज साकार भएको छ । दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा यो अर्को महत्वपूर्ण कदम हो । यो अस्पताल आशा र समपर्णको प्रतिक हो जसले आँखा उपचारको आवश्यकता भएका सबै बिरामीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई अगाडि बढाउँछ ।”
द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले भन्ने “यो अस्पताल, द फ्रेड हलोज फाउन्डेशनको लागि नयाँ अध्यायको शुरुआत हो, जसले तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गरेको छ । हाम्रो कामको केन्द्रमा सधैं एकीकृत, जनमुखी आँखा उपचार हुन्छ र हामी निजगढ र वरपरका सबैभन्दा आवश्यकता भएका बिरामीहरूको दृष्टि जोगाउने र पुनसर््थापना गर्ने उद्धेश्यमा लागीपरेका छौं ।
उद्घाटन समारोहमा आमन्त्रीत स्थानीय र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूले अस्पतालको निरीक्षण समेत गरेका थिए । मधेश प्रदेशका मुख्यमन्त्री श्री सतीश कुमार सिंह,प्रा.डा.रुइट, फाउण्डेसनका इयान विशार्ट, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, जिल्ला तथा स्थानीय निकायका जनप्रतिनिधिहरु,सरकारी कार्यालयका प्रतिनिधिहरु, स्वास्थ्य कार्यकर्ताहरु र विभिन्न संघसंस्थाका प्रमुखहरु, नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुिुहृद घिमिरे, कार्यक्रमका बोर्ड सदस्यहरू हरिवंश आर्चाय, सिद्धीलाल श्रेष्ठ, रवि के.सी.,संजय थापा, डा.गोविन्द राज पोख्रेल, प्रतिष्ठानका मुख्य कार्यकारी अधिकृत डा. रीता गुरुङ्ग, प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिती रहेको थियो ।