नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिका लागि हिजो सम्पन्न निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै बिजयी भएको छ । केही वेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।
अध्यक्ष पदमा शर्माले २१५० मत गरेर विजयी भएकी हुन् । उनका गर्दा निकटतम प्रतिस्पर्धी बनेकी गंगा थापाले १३७० मत प्राप्त गरेकी छिन् भने । भने अर्की अध्यक्षकी उम्मेदवार बसन्ती थापाले १३७० मत मात्रै प्राप्त गरिन ।
यसैगरी, बरिष्ठ उपाध्यक्षमा शर्मा समूहका रमेश सुब्बाले २०६० मत प्राप्त गरेर निवार्चित भएका छन् । भने उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत मात्रै प्राप्त गरिन् । उपाध्यक्षमा २०११ मत ल्याएर बबिता घिमिरेले जित हासिल गरेकी छिन्। उपाध्यक्षकी अर्की उम्मेदवार मनिसा कोइरालाको १५७० मत आएको छ।
महासचिवमा देवकुमारी आचार्य निवार्चित भएकी छिन्। आचार्यले १७३३ मत ल्याउँदा। उनकी प्रतिस्पर्धी मिनाकुमारी कार्कीको १३४७ र जानकी धामीको ६२२ मत आएको छ।सचिवमा २०९० मत सहित बेली पौडेलले जित हासिल गरेकी छिन्। जया मिश्रको १५७३ मत आएको छ।
कोषाध्यक्षमा तुलसादेवी अधिकारी २१८८ मत ल्याएर विजयी भएकी छिन्। अर्की उम्मेदवार रमादेवी पहारीले १४८२ मत ल्याएकी छिन् ।
हेरौ कसको मत कति ?