काठमाडौं । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको मतपरीक्षण आउँने क्रम सुरु भएको छ । शुक्रबार सम्पन्न निर्वाचनको १५ वटा मतदान केन्द्रको मतगणना सकिएको । जसमा अध्यक्ष पदमा प्रा चन्द्रकला शर्मा प्रतिस्पर्धी गंगा थापा भन्दा ५०६ मतले अघि छिन् ।

बरिष्ठ उपाध्यक्षमा कल्पना जोशी श्रेष्ठ र रमेश सुब्बा प्रतिस्पर्धीमा छन् । जसमा सुब्बा ४०६ मतले अघि छन् । उपाध्यक्षमा बबिता घिमिरे मनिषा कोइराला भन्दा ३१० मतले अघि छिन् । महासचिव पदमा डा देवकुमारी आचार्य निकटतम प्रतिस्पर्धी मिनाकुमारी कार्की भन्दा २४२ मतले अघि छिन् ।

सचिव पदमा बेली पौडेल जया मिश्रा भन्दा ३१२ मतले अघि छिन् । यस्तै कोषाध्यक्ष पदमा तुलसा कुमारी अघिकारी रमा देवी पहारी भन्दा ४३० मतले अघि देखिएकी छन् । सदस्यहरुमा पनि चन्द्रकला शर्मा नेतृत्वको प्यानल अघि देखिएको छ । हालसम्म १५ वटामा मतगणना भईसकेको छ । भने अब

राजबिराज, जनकपुर, काठमाडौँ, भक्तपुर र रोल्पाको मतपरिणाम गणना गर्न बाकी छ ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0