विश्वव्यापी स्तरमै अपेक्षा गरिएभन्दा तीव्र रूपमा प्रजननदरमा ह्रास आएको छ। चीनमा हालसम्मकै तल्लो स्तरको जन्मदर देखिएको छ। ल्याटिन अमेरिकी देशहरूमा पनि आधिकारिक जन्मसङ्ख्या पूर्वानुमानभन्दा निकै कम देखिएको छ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा समेत नाटकीय रूपमा जन्मदरमा गिरावट आएको छ। मानिसहरूले कम सन्तान जन्माएका कारण यस्तो भएको हो।

संसारका लगभग हरेक देशमा बहुसङ्ख्यक मानिसहरूका सन्तान छैनन्।
निःसन्तानपनका कारण
धेरैका निम्ति ुसन्तान नहुनुु एउटा छनौट हो। अन्यका निम्ति यो जैविक समस्या हो। अन्य कैयौँका निम्ति यो फेरि अर्कै हो– विभिन्न कारकहरूको संयोगले गर्दा कुनै सन्तान बच्चा चाहेको भए पनि व्यक्तिले त्यो प्राप्त गर्न सक्दैन। समाजशास्त्रीहरू त्यसलाई “सामाजिक निस्सन्तानपन” भन्छन्।
हालैको एउटा शोधले पुरुषहरूले र त्यसमा पनि विशेष गरी न्यून आय भएका पुरुषहरूले चाहेर पनि सन्तान प्राप्त गर्ने सम्भावना नहुने देखाएको छ।

सन् २०२१ मा नर्वेमा गरिएको एउटा अध्ययनले पुरुष निस्सन्तानपनको दर अध्ययनमा सहभागीहरूको आयका आधारमा विभाजन गर्दा सबैभन्दा कम आय भएका पाँच प्रतिशत मानिसमा सबैभन्दा धेरै अर्थात् ७२ प्रतिशत रहेको निष्कर्ष निकाल्यो।

सबैभन्दा बढी कमाउनेहरूमा यो दर केवल ११ प्रतिशत मात्र भएको देखायो। यो अन्तर ३० वर्षमा लगभग २० प्रतिशतले फराकिलो भएको पाइयो।
तीसको दशकमा चल्दै गर्दा रोबिन ह्याड्लीलाई असाध्यै बाबु बन्न मन लागेको थियो। विश्वविद्यालय नगए पनि उनी उत्तरी इङ्ल्यान्डस्थित एउटा विश्वविद्यालयमा प्राविधिक फोटोग्राफरका रूपमा काम गर्थे।

बीसको दशकमा विवाह गरेका उनी श्रीमतीसँग सम्बन्धविच्छेद हुनुअघिसम्म सन्तानका निम्ति प्रयत्नरत थिए।

धितोको किस्ता तिर्न सङ्घर्ष गर्नुपरेका कारण उनलाई नयाँ सम्बन्ध विकास गर्न कठिन भयो। साथीभाइ तथा सहकर्मीहरू बाबु बनेपछि उनलाई केही गुमाएजस्तो लाग्यो।

“केटाकेटीको बर्थ–डे कार्ड वा उनीहरूका सामग्रीहरूले तपाईँ के होइन वा के हुनुपर्थ्यो भन्ने स्मरण गराउँदो रहेछ। त्योसँग दुस्ख जोडिएको हुन्छ,” उनी भन्छन्।

स्वयंको अनुभवले उनलाई पुरुष निस्सन्तानपनबारे पुस्तक लेख्न प्रेरित गर्‍यो। त्यो लेख्दा उनले आफूमाथि “सन्तानोत्पादनलाई प्रभावित पार्ने सबैजसो कारणहरू ? अर्थशास्त्र, जीवशास्त्र, घटनाक्रमको समय तथा सम्बन्धको छनौट”ले असर पारेको महसुस गरे।

सँगसँगै उनले आफूले अध्ययन गरेका धेरैजसो उमेर तथा सन्तानोत्पादनसम्बन्धी अनुसन्धानहरूमा निस्सन्तान पुरुषहरूको उल्लेख नभएको पाए। उनका अनुसार राष्ट्रिय तथ्याङ्कहरूमा पनि त्यस्तै स्थिति थियो।

के गर्न सकिन्छ ?
स्ट्रब र ह्याडलीले सन्तानोत्पादनसम्बन्धी चर्चा लगभग पूर्णतयास् महिलाकेन्द्रित भएको देखेका छन् र यसलाई सम्बोधन गर्न बनाइएका नीतिहरू पनि अधुरा पाएका छन्।

स्ट्रबका विचारमा हामीले सन्तानोत्पादनको कुरा गर्दा पुरुषको स्वास्थ्यबारे पनि ध्यान केन्द्रित गर्नुपर्छ र बाबुले सन्तानको हेरचाह गर्दाका फाइदाबारे चर्चा गर्नुपर्छ।

“युरोपेली सङ्घमा सयमध्ये एकजा पुरुषले शिशुको हेरचाहका निम्ति आफ्नो करिअरलाई विराम दिन्छन्, महिलाको हरेक तीनमध्ये एउटामा त्यस्तो हुन्छ,ू उनी भन्छन्। शिशुको पालनपोषण गर्नु पुरुष स्वास्थ्यका निम्ति राम्रो छ भन्ने प्रशस्त प्रमाणहरूका बावजुद यस्तो भइरहेको छ।

निःसन्तान महिलाहरूको सङ्गठन ुनुन्का मड्रेसु ९नेभर मदर्स० मार्फत् इजबेलले मेक्सिकोमा ठूला अन्तर्राष्ट्रिय ब्याङ्कका केही प्रतिनिधिहरूसँग भेटिन्। उनीहरूले इजबेललाई भर्खरै बाबु बनेकाहरूलाई छ हप्ता बिदा दिँदा समेत कोही बिदा नबसेको बताए।

“उनीहरूलाई यो छोरीमान्छेको काम हो भन्ने लाग्छ। ल्याटिन अमेरिकी पुरुषहरू त्यसरी सोच्छन्,” उनी भन्छिन्।

‘हामीलाई राम्रो तथ्याङ्क चाहिन्छ,’ रोबिन ह्याड्ली भन्छन्।
पुरुषको प्रजनन क्षमताको अभिलेख नराख्दासम्म यसलाई पूर्ण रूपमा बुझ्न सकिँदैन वा यसले तिनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउन सकिँदैन।

प्रजननको चर्चामा पुरुषहरूको अदृश्यता अभिलेखभन्दा परसम्म फैलिएको छ। युवा महिलाहरूबीच उनीहरूको घट्दो प्रजनन क्षमताबारे सचेतना बढ्दै गर्दा पुरुष युवाबीच यसको चर्चा पनि हुँदैन।

पुरुषहरूमा पनि ुजैविक घडीु हुने बताउने ह्याड्ली अनुसन्धानतर्फ सङ्केत गर्दै ३५ वर्षपछि शुक्राणुको प्रभावकारितामा कमी आउने बताउँछन्।

यी अदृश्य समूहलाई दृश्यमा ल्याउनु सामाजिक निस्सन्तानपनसँग जुध्ने एउटा उपाय हुन सक्छ। शिशुको पालनपोषणको परिभाषालाई व्यापक बनाएर पनि त्यसो गर्न सकिन्छ।
निस्सन्तानपनबारे टिप्पणी गर्ने सबै अनुसन्धानकर्ताहरू सन्तान नभएका मानिसहरूले केटाकेटी हुर्काउन महत्त्वपूर्ण भूमिका खेल्न सक्नेतर्फ जोड दिन्छन्।

यसलाई ुएलोप्यारेन्टिङु भनिने रोट्किर्च बताउँछिन्। मानव विकासका क्रममा एउटा शिशुको हेरचाहका निम्ति एक दर्जनभन्दा बढी हेरचाहकर्ताहरू हुने गर्थे।

डाक्टर ह्याड्लीले आफ्नो अनुसन्धानका क्रममा कुरा गरेका निःसन्तान पुरुषहरूमध्ये एकले आफूले स्थानीय फुटबल क्लबमा नियमित भेट्ने एउटा परिवारको कुरा सुनाए। ती व्यक्तिका अनुसार, स्कूलको एउटा कार्यका निम्ति दुईजना भर्खरका बालकहरूलाई हजुरबुवा–हजुरआमा चाहिएछ। तर तिनीहरूसँग कोही पनि थिएनन्।

त्यसपछि ती व्यक्तिले केटाहरूको हजुरबुवाको भूमिका निर्वाह गरेछन्। वर्षौँपछि ती व्यक्तिलाई फुटबल मैदानमा देख्दा उनीहरू ‘नमस्ते हजुरबाू भन्ने गर्थे। त्यस्तो सम्मान पाउँदा राम्रो लाग्यो,’ उनले भने।

प्राध्यापक रोट्किर्च भन्छिन्, ‘मेरो विचारमा अधिकांश निःसन्तान व्यक्तिहरू यस प्रकारका हेरचाहमा सामेल छन्, बस् त्यो देखिँदैन मात्र।’ बिबिसीबाट साभार

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0