काठमाडौं । नेपाल नर्सिङ संघको २० औँ केन्द्रीय कार्यसमितिको निर्वाचन जारी छ । काठमाडौँ र भक्तपुर दुई तथा उपत्यकाबाहिरका १८ वटा मतदान केन्द्रमा विहान ७ बजे देखि मतदान प्रक्रिया जारी छ । निर्वाचन समितिका प्रमुख आयुक्त लक्ष्मी राईका अनुसार मतदान प्रक्रिया आज अपरान्ह ५ बजेसम्म जारी रहन्छ । कुल १५ हजार ५४९ जना नर्सहरुले मतदानमा भाग लिन पाउने छन् ।

कति समुह मैदानमा ?
संघको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी निकट रहेका नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

निर्वाचनमा प्रगतिशील तर्फबाट चन्द्रकला शर्मा र पेशागत तर्फ गंगाकुमारी थापा अध्यक्षकी उम्मेदवार रहेकी छिन्। अध्यक्षमा एमाले निकट बसन्ती थापाले बागी उम्मेदवारी दिएकी छिन्।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0