महेन्द्रनगर । मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताए ।
बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्रमका टोली नेतासहितका अधिकारीहरूसँग जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री सिंहले मधेस प्रदेशसहित देशले जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट भोगिरहेको भन्दै यसको समाधानका लागि बेलायतसहित विश्व समुदाय एक जुट हुनुपर्नेमा जोड दिए ।
उनले बेलायत सरकारले नेपाललाई निरन्तर र उपलब्धिमूलक सहयोग गरिरहेको बताउँदै पछिल्लो समय यहाँको आवश्यकता अनुसार सहयोग परियोजना सञ्चालन गरेकामा सो प्रयास प्रशंसनीय रहेको उल्लेख गरे ।
मुख्यमन्त्री सिंहले देशले कम कार्बन उत्सर्जन गरे पनि त्यसबापत पाउनुपर्ने क्षतिपूर्तिका विषयमा अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुुनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारले यस विषयमा अन्र्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएको चर्चा गरे ।