मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ । डाक्टर, अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन् । उनीहरुको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभएपनि तथ्याकंले के देखाउँछ भने नसर्ने रोगहरु एकदमै बढ्दै गइरहेको छ । झण्डै ३५ प्रतिशत महिलाहरु मोटोपनको शिकार भएका छन् । त्यसमा पनि उच्च वर्गका ५३ प्रतिशत र गरिब वर्गका २० प्रतिशत महिला मोटोपनको शिकार भएको तथ्याकंले देखाउँछ । जनस्वास्थ्यको दृष्टिकोणले यो नराम्रो अवस्था हो । कुपोषण पनि बढेको छ । जसले बालबालिको शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि समस्या ल्याइरहेको छ ।
खानपान र स्वस्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन् । जहिले पनि ध्यान दिनुपर्छ । र त्यसलाई जिन्दगीको अंग नै बनाउनुपर्छ । चाडपर्वको बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरुसँग पनि भेट हुन्छ । त्यो बेला खानाको बारेमा महत्वपूर्ण कुरा हुन्छ । दशैंको बेला हो, मासु खाऔं भन्ने हुन्छ । पहिला पहिला त ‘दशैं आयो खाउला पिउला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर अहिलेको समयमा मासु अरु समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दशैंैको बेला छुट्टै यसको महत्व हुन्छ ।
तर एउटा के कुरा चाँही विचार गर्नुपर्छ भने चाडपर्वको बेला खानपिन त गरिन्छ तर स्वास्थ्य अवस्थालाई चाँही ध्यानमा राख्नैपर्छ । किनकी खानलाई लागि धेरै खायो त्यसपछि विरामी पर्यो भने केही मतलब नै हुँदैन् । तर त्यसको असर दिर्घकाल रुपमा पर्दै जान्छ ।
स्वास्थ्यलाई असर पर्ने कुराहरु सकेसम्म नखानुहोला । मान्छेको मन कस्तो हुन्छ भने मासु र भात पकाएर खाँदा पेट भरिएपनि मुख भरिएको छैन भन्दै खाने स्वभाव हुन्छ । त्यसले धेरै रोगको शिकार बनाउँछ । पहिला दशैंको बेला धेरै रक्सी खाने गरेको देखिन्थ्यो । तर अहिले के सिद्ध भएको छ भने रक्सी दशैंका लागि मात्र सिमित छैन । धेरै चिल्लो, गुलियो पदार्थहरु, कोल्ड ड्रिङक्सहरु , मिठाइहरु खाँदा मानिसहरुको शरीरमा पनि कलेजोमा बोसो जम्ने समस्या हुन्छ । त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म, कोल्ड ड्रिङक्सदेखि अन्य पेय पदार्थहरुसम्म सेवन गर्दा एकदमै ध्यान पुर्याएर खानुपर्छ ।
चाडपर्वमा मिठाई कोसेली लान त बन्द नै गर्नुपर्छ । मेरोमा आउनेहरुले मिठाइ ल्याउँदा पनि नल्याउनुहोस् भनेको छु । ल्याउनै बन्द गरेको छु । आजभोलि ल्याउन छाड्नुभएको छ । फलफुल पाइन्छ नि बजारमा । म अरुको मा जाँदा फलफुल नै लैजान्छु । अलि सम्मान गर्ने मानिसको जाँदा काजु लैजान्छु । गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु । म आफू मिठाइ किन्दा पनि किन्दिन अरुलाई दिँदा पनि दिन्न । अरुलाई फलफुल लैजानुस सजिलो पनि छ । तर मिठाई चाँही न लैजानुहोस् नै भन्न चाहन्छु । (जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती कुराकानीमा आधारित)