काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ।

बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको छ।

प्रसाईमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दायर भएको थियो। । प्रसाईंविरुद्ध दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0