प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा आज ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।
प्रतिष्ठानका सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरुलाई कुलपति ओलीले दीक्षित गरेका हुन ।
भारतका शिक्षाविद् प्राडा ज्योतिर्मोय पलँ विषेश अतिथि रहनुभएको उक्त कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी थिए।
कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरुलाई वितरण गरिएको थियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1