संयुक्त राष्ट्रसङ्घले शुक्रबार युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन आगामी साता सुरु हुने अभियान पहिलो चरणभन्दा ‘अझ जटिल’ हुने बताएको छ ।
राष्ट्रसङ्घको स्वास्थ्य र बालबालिकासम्बन्धी एजेन्सीहरूले सोमबारदेखि गाजाभर १० वर्षमुनिका करिब पाँच लाख ९१ हजार सात सय बालबालिकालाई फलो–अप मात्राहरू प्रदान सुरु गर्न तयारी गरिरहेको बताएका छन् । यो सेप्टेम्बर १ देखि १२ सम्म कार्यान्वयन गरिएको पहिलो खोप चरणको अनुसरण हो । यसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्यालेस्टिनी क्षेत्रका प्रतिनिधि रिक पिपरकोर्नले शुक्रबार ‘एउटा विशाल उपलब्धि’ भनेर प्रशंसा गरे।
घेराबन्दीमा परेको गाजा पट्टीमा २५ वर्षमा पहिलो पटक पुष्टि भएको पोलियो केस रिपोर्ट गरिएपछि खोप अभियान सुरु भएको थियो । अघिल्लो चरणजस्तै आगामी अभियान तीन चरणमा हुनेछ । यसमा लडाइँमा स्थानीयकृत ‘मानवीय विराम’ को सहयोग लिएर पहिला मध्य गाजामा, त्यसपछि दक्षिणमा र अन्तिममा क्षेत्रको पहुँच गर्न सबैभन्दा कठिन उत्तरी भागमा खोप प्रदान गरिनेछ ।
जेरुसेलमबाट भिडियो लिङ्कमार्फत बोल्दै पिपरकोर्नले पत्रकारहरूलाई अभियानको दोस्रो चरण सुरु गर्न तयार सयौँ टोलीहरूप्रति आफूलाई ‘विश्वास’ भएको बताए। यद्यपि उनले ‘उत्तरमा भएका घटनाक्रमबाट चिन्तित’ रहेको स्वीकार गरे । त्यहाँ इजरायलले आफ्नो कारबाही नाटकीय रूपमा बढाएको छ र खाली गर्ने आदेशहरूको शृङ्खला जारी गरेको छ । “हामी चिन्तित छौँ”, युनिसेफका जिन गफले जेरुसेलमबाटै भन्ने, “जमिनमा अवस्थाहरू यसपटक वास्तवमै अझ जटिल छन् ।” उनले पोलियो फैलिन नदिन कम्तीमा ९० प्रतिशत बालबालिकालाई पूर्ण खोप दिनुपर्ने आवश्यकतामा जोड दिए ।
“उत्तरमा स्थानीयकृत मानवीय विरामहरूको सम्मान गर्न मात्र नभई मानिसहरूलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा जान बाध्य नपारिनु पनि पूर्ण रूपमा महत्त्वपूर्ण हुनेछ”, उनले भन्ने । राष्ट्रसङ्घले इजरायली अधिकारीहरूसँग धेरै बैठक गरेको र इजरायली सरकारी एजेन्सी कोगाटबाट मानवीय विरामहरू कार्यान्वयन गरिने पुष्टि प्राप्त भएको गफले बताए । “यो अघिल्लो चरणमा काम गरेको थियो र यसले फेरि काम गर्नेमा हामी विश्वस्त छौँ”, उनले भन्ने, “यो कठिन छ तर सम्भव छ ।”
प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0