पाकिस्तानको बलुचिस्तानमा रहेको कोइला खानीमा आक्रमण भएको छ । आक्रमणबाट हालसम्म २० जनाको मृत्यु भइसकेको छ । बलुचिस्तानको दुकी क्षेत्रको कोइला खानीमा शुक्रबार बिहान हतियारधारीले आक्रमण गरेका हुन ।
प्रहरी अधिकृत हुमायुन खानले शुक्रबार बिहानै हतियारधारी मानिसले कोइला खानीमा आक्रमण गरेको बताए । सो क्रममा खानीमा रकेट र ग्रेनेडले आक्रमण पनि भएको थियो । जिल्ला अस्पतालमा हालसम्म २० जनाको शव र ६ जना घाइते ल्याइएको डा जोहर खान सादीजाईले जानकारी दिए।
बलुचिस्तानलाई पाकिस्तानबाट अलग गर्ने अभियान सन् १९४८ देखि चलिरहेको छ । पृथकतावादी समूहले बलुचिस्तान र पाकिस्तानका अन्य भागहरूमा सेना र अन्य धेरै परियोजनाहरूलाई निशाना बनाइरहेका छन।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1