काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा भक्त केसी मन्त्रालयको समन्वय महाशाखामा तानिएका छन् । उक्त स्थानमा मन्त्रालयका उपेन्द्र ढुंगानालाई पठाइएको छ ।
शुक्रराज टपिकल तथा सरुवा रोग अस्पतालका अनुप बास्तोलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ ।
यसैगरी, गेटा अस्पतालको निर्देशक डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ। भने डा. सापकोटाको स्थानमा सेती प्रादेशिक अस्पतालमा कार्यरत डा अशोक श्रीपाइलीलाई पठाइएको स्रोतले जानकारी दियो ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1