तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
अस्पताल प्रशासनका अनुसार १५ शय्या अनुमति पाएको अस्पतालमा आन्तरिक स्रोतबाट पचास शय्या क्षमतामा सञ्चालन भइरहेको र दैनिक चार सय जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।
ूबिरामीलाई भुइँमा राखेर सेवा गर्नुपरेको छ स्थान अभावले बिरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डङ्गुका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ, उनले भन्ने। अस्पतालको स्तरोउन्नतीको लागि गण्डकी प्रदेश सरकारसँग पटक पटक माग गरिएको भएपनि सुनुवाई नहुँदा समस्या परेको वाग्लेले बताए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1