स्वास्थ्य तथा जनसंख्या मन्त्रालय केही कर्मचारीको जिम्म्मेवारी हेरफेर गरेको छ। ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी हेरफेर गरिएको छ।

डा रुद्र मरासिनीले सम्हालिरहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा बद्री रिजालले दिएको छ । यसअघि पनि डा रिजालले उक्त जिम्मेवारी सम्हालिसकेका छन्। डा मरासिनीले भने सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन्।

त्यसैगरी टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ। व्यवस्थापन महाशाखाको जिम्मा दयाकृष्ण पन्तलाई दिएको छ भन्ने सुरेन्द्र चौरासियालाइ उपचारात्मक महाशाखा पठाइएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0