रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकैको जंगलमा निजगढबाट चपुरतर्फ आउँदै गरेको बा१६च ३१६२ नं.को स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिराहा अर्नामा गाउँपालिका–३ का ६० वर्षीया लरुवती देवी महरा, ५० वर्षीया रामकुमार महरा, ३० वर्षीया उर्मिला महरा, ६२ वर्षीया फुलमन्ती देवी चमार, ३० वर्षीया सकुन्तला देवी महरा, ५५ वर्षीया महँगी देवी महरा, ६० वर्षीया रामकुमारी देवी महरा र चालक ४० वर्षीय श्रीकुमार यादव रहेका छन् ।
दुर्घटनामा घाइते चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका डिएसपी राजकुमार राईले जानकारी दिए ।
स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।