पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेशनमा शनिबार बिहान बम विस्फोट भएको छ ।यस विस्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
घटनाको बारेमा जानकारी दिँदै बलुचिस्तानका स्वास्थ्य संयोजक अधिकारी वसीम बेगले भने, कम्तीमा चार जनाको शव सिभिल अस्पतालमा ल्याइएको छ।
क्वेटाका एसएसपी अपरेसन मुहम्मद बलोचले भने, क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल पर्खिरहेका बेला रेलवे स्टेशनमा विष्फोट भएको थियो। उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए।
मुहम्मद बलोचले भने कि घाइतेहरूलाई सिभिल अस्पताल, क्वेटाको ट्रमा सेन्टरमा रिफर गरिएको छ। रेलवे स्टेसनमा विष्फोट हुनुको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1