महोत्तरीको टुटेश्वरमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बर्दीबास–५ स्थित टुटेश्वरको जंगलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका हुन्। महोत्तरीको माईस्थानबाट सर्लाहीतर्फ जाँदै गरेको ना ४ त ६८२३ नम्बरको ट्याक्टरलाई ना ८ ख ३१६ नम्बरको टिपरले शुक्रबार राति पछाडिबाट ठक्कर दिँदा सर्लाही ईश्वरपुर–१२ का ३७ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ।

ठक्करबाट महोत्तरी बर्दीबास–७ की १५ वर्षीया दीक्षा लुङ्गेली, सर्लाही ईश्वरपुर–१२ का १७ वर्षीय रविन मिरिङचिङ र ४४ वर्षीय डम्बरबहादुर मगर घाइते भएको इलाका प्रहरी कार्यालय बर्दीबासले जनाएको छ।

घाइते तीनै जनाको बर्दीबासस्थित शुभस्वास्तिक अस्पतालमा भर्ना गरिएका छ। उनीहरुको टाउको, छाती र कम्मरमा चोट लागेको छ। मृतक र घाइतेहरू सबै ट्र्याक्टरको ट्रेलरमा बसेर सर्लाहीतर्फ जाँदै थिए। दुर्घटनामा संलग्न दुवै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0