नेपाल चिकित्सक संघ चितवनको अधिवेशनले डा उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा दिपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा डा नवराज लामिछाने, सह-सचिवमा डा बसन्त शर्मा, कोषाध्यक्षमा डा विवेक कँडेल र सह-कोषाध्यक्षमा डा सञ्जय पौडेल पनि सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकारी डा प्रकाश खतिवडाले जानकारी दिए।
सदस्यहरुमा डा सुरेशकुमार दिप, डा कृष्णप्रसाद रेग्मी, डा पुष्पराज खनिया, डा सुन्दर गौतम र डा आविष्कार चापागाईं निर्वाचित भएका छन्।
सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमती भएको खतिवडाले बताए।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1